खुकुरीले डाकाहरुलाई छप्काएका गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे हिमेश रेशमियाले फिल्म बनाउने
गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे भारतीय गायक एवं नायक हिमेश रेशमियाले फिल्म बनाउने भएका छन् । उनले गोर्खा सैनिक अधिकारी विष्णुको बायोपिक बनाउने राइट्स लिएका छन् । फिल्मको कास्ट फाइनल नभइसकेपनि विष्णुको बायोपिकको अनुसन्धान र पटकथाको कल्पना प्रफुल्ल शाहले गरेका छन् ।
को हुन् विष्णु श्रेष्ठ ?
सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक गोरखपुरबाट राँची जाँदै थिए । उनी मौर्य एक्सप्रेसमा यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थाले ।
जब डाका श्रेष्ठ भएठाउँ पुगे, उनी सुतिरहेका थिए । डाकाहरुले झक्झकाएर उठाउँदा उनी आफूसँग भएको सामग्री दिन तयार भए तर उनीसँगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उनी चुप बस्न सकेनन् । उनले आफूसँग भएको खुकुरी निकाले र डाकामाथि जाइलाग्न थाले ।
श्रेष्ठले टाइम्स अफ इन्डियालाई भने, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिनँ । मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’
डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो ।
पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण