एकसेकेन्डमै पूरै फिल्म डाउनलोड हुनेः फाइभजीको दौडमा कोरियाले उछिन्यो !
मोबाइलको दुनियाँमा सबैभन्दा पछिल्लो, सबैभन्दा उन्नत र तीब्रगतिको प्रविधिको रुपमा अहिले विकसित फाइभजी प्रविधि लागू गर्ने दौडमा दक्षिण कोरियाले अरु देशहरुलाई उछिन्ने भएको छ ।
त्यसका लागि दक्षिण कोरियाले आवश्यक सबै पूर्वाधारहरुलाई स्थापित गर्ने क्रम तीब्र रुपमा अगाडि बढाउँदै आउँदो शुक्रबार फाइभीजी सेवाको शुरुवात नै गर्ने भएको छ ।
फाइभजीको सेवा शुरु भएपछि प्रयोगकर्ताहरुले एउटा सिंगो फिल्म एक सेकेण्डभन्दा कम समयमै डाउनलोड गर्न सक्नेछन् । यसले भिडियो स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण सेवा) तथा आर्टिफिसियल इन्टेलिजेन्स तथा
भर्चुअल रियालिटीसँग सम्बन्धित उत्पादनहरुको सेवामा सम्भावनाको नयाँ ढोका खोल्नेछ ।
अहिले फाइभजी प्रविधिको विकास र विस्तारमा दक्षिण कोरिया, चीन र अमेरिका युद्धस्तरमा लागिरहेको छ र बजारलाई कसले बढीभन्दा बढी कब्जा जमाउने होड ती तीनदेशबीच चलिरहेको छ । विशेष गरेर कोरिया सामसुङमार्फत्, चीन हुवावे मार्फत् र अमेरिका चाहिँ एप्पलमार्फत् यो दौडमा अघि सरेको छ ।
फाइभजीको प्रविधिले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, बेलायत लगायतका देशहरुको आर्थिक विकासमा नयाँ फड्को मार्ने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण