सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

छोरी न्यासालाई सोसल मिडियामा ट्रोल गर्नेहरुमाथि अजय देवगनको कटाक्ष

सोमबार, २५ चैत २०७५, १३ : ४७
सोमबार, २५ चैत २०७५

बलिउडका सबैभन्दा राम्रो जोडीमा गनिने अजय देवगन र काजोल एक स्थापित नाम हो । त्यसकारण उनीहरुको सन्तानमा पनि मानिसहरुको विशेष रुची छ । साधारणतया अजय र काजोल आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्छन् तर केही दिन अघि सोसल मिडियामा छोरी न्यासा ट्रोल हुँदा यी दुई निकै निराश भए ।

छोरी ट्रोल भएपछि सहनै नसकेका अजय देवगनले ट्रोलर्सलाई जवाफ दिएका छन् । उनले भनेका छन्, ‘उनी अहिले १४ वर्ष मात्रै पुगिन् । मानिसहरु बकवास कुरा गर्नुअघि एकपटक पनि सोच्दैनन् ।’

पहिरनका कारण ट्रोल भएकी छोरीबारे स्पष्टिकरण दिँदै उनले थपे, ‘न्यासाले एउटा लामो सर्ट लगाएकी थिइन् र उनले भित्र छोटो पाइन्ट लगाएको कुरा भन्नै पर्दैन । सर्ट लामो भएकाले उनले लगाएको हाफ पाइन्ट नदेखिएको हो । यति सानो कुरामा मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरे ।’

भारतमा बढ्दो पापाराजी कल्चरबारे अजय देवगनले भने, ‘कुनै पनि बच्चा क्यामराको अगाडि सामान्य हुन सक्दैनन् । बच्चालाई आफ्नो स्पेस चाहिन्छ । यो कपडा लगाउने विषयमा मात्र लागू हुँदैन, घरबाट बाहिर जाने बेला पनि लागू हुन्छ । ’

उनले आफ्ना सन्तानलाई एक्लै छोडिदिन पापाराजीलाई आग्रह गरेका छन् । उनले भने, ‘आमा–बुवा चचित भए भन्दैमा बच्चाहरुले यसको मूल्य चुकाउनुपर्छ भन्ने छैन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप