बैशाख २४ देखि भरतपुर गोल्डकप हुँदै
चितवन– एजे इन्टरनेशनलको आयोजनामा आगामी बैशाख २४ गतेदेखि भरतपुर गोल्ड कप २०७६ आयोजना गरिने भएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको थियो ।
नारायणगढको क्याम्प चौरमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, ए.पि.एफ, थ्रि स्टार , च्यासल, संकटा, जाउलाखेल, विजय युथ क्लब हेटौडा, चितवन ११,बिरगंञ्ज युथ एकेडमी, नुवाकोट ११, झापा ११ सहित १२ टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रकाश भुजेल( रेफ्री भुजेल) ले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख र द्वितिय हुनेलाई ३ लाख पुरस्कार दिइनेछ ।
यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई दश हजार तथा उत्कृष्ट चार विधाका खेलाडीलाई २० हजारका दरले सम्मानित गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई पनि ४० हजारले सम्मान गरिने छ ।
जेठ ४ गते सम्म चल्ने खेलको मुख्य प्रायोजक पुरानो मेडिकल कलेज भरतपुर रहेको छ भने सह प्रायोजक एक्सपर्ट एजुकेशन भिसा सेन्टर तथा सहयोगी संस्था एन्फा, रा.खे.प.चितवन, एष्ट्रल युथ सोसाईटी, भरतपुर महानगरपालिका र गोल नेपाल रहेका छन् ।
स्थानीय खेलकुद बिकासको लक्ष्य लिएर सो प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण