नेइमारलाई फेरि अर्को कारबाही
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई फ्रान्स फुटबल संघले फेरि तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि एक समर्थकलाई मुक्का हानेका कारण संघले नेइमारलाई कारबाही गरेको हो । नेइमार एक साताको बीचमा दोस्रो पटक कारबाहीमा परेका हुन् ।
यसअघि पनि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति आपत्तिजनक प्रतिक्रिया दिएका कारण नेइमारलाई युरोपियन फुटबल महासंघ (युईएफए) ले तीन खेल प्रतिबन्धको कारबाही गरेको थियो ।
पीएसजी फ्रेन्च कपको फाइनलमा रेनेससँग सडनडेथमा ६–५ गोलले पराजित भएको थियो । त्यसपछि रिसले चुर बनेका नेइमारले दोस्रो पुरस्कार थाप्न मञ्चमा जाने क्रममा समर्थकलाई मुक्का हानेका थिए । पीएसजीका खेलाडीसँग फोनमा फोटो खिचिरहेका एक समर्थकको फोन खोसेर मुक्का हानेपछि नेइमारलाई अन्य खेलाडीले तत्काल सम्हालेका थिए । उक्त घटनापछि नेइमार धेरै आलोचित बनेका थिए । नेइमारले अब फ्रेन्च लिगका बाँकी तीनवटै खेल गुमाउनेछन् ।
पीएसजी च्याम्पियन्स लिगमा युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो । रेफ्रीले युनाइटेडलाई भिएआरको सहायतामा पेनाल्टी दिएका थिए । सोही पेनाल्टीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध सामाजिक सञ्जालमा खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण