वडाध्यक्ष रिजालको पहलमा विभिन्न सडकको स्तरोन्नति तथा पिच हुँदै
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने विभिन्न सडकहरुको स्तरोन्नति तथा निर्माण कार्य अघि बढेको छ ।
वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा बिहीबार बोहराटार हाइटदेखि टौडल रानीबन जाने सडक स्तरोन्नति गरिएको छ ।
हाल चार मिटर चौडाइको सडकलाई विस्तार गरेर ६ मिटर फराकिलो बनाइएको हो ।
रिजालको पहलमा सडक फराकिलो बनाइएसँगै स्थानीयले खुसी व्यक्त गर्दै पिचलगायत ढल निकासको उचित प्रवन्ध गर्न पनि अनुरोध गरेका छन् ।
वडाध्यक्ष रिजालले बोहराटार हाइटदेखि रानीबन जाने सडक विभिन्न कारणले बन्न नसकेकोमा अहिले विस्तारका साथै निर्माणको काम थालिएको जानकारी दिए । सडक निर्माणका लागि कवीन्द्र निर्माण सेवासँग सम्झौता भएको भन्दै रिजालले एक महिनाभित्र पिचको काम सकिने बताए ।

यस्तै ऐराहिटीदेखि रानीबन जाने सडक पिचको काम गर्न बागमति कन्ट्रक्सन टेन्डर पाएको छ भने बाइपासदेखि नेपालटारसम्को सडक पिचको लागि बालाजु कन्ट्र्कसनले ठेक्का पाएको छ ।
यस्तै बालाजु नयाँ बजार चोकदेखि नयाँ बसपार्क जाने सडकको ट्रयाक पनि खोल्ने प्रक्रिया थालिएको छ । यो ट्राक खोलिएपछि वडा नम्बर १६ मा विभिन्न समयमा हुने सवारी जाम लगायतका समस्या हट्ने वडाध्यक्ष रिजालले विशवास व्यक्त गरे ।
यसैबीच २४ करोड लागतमा चमती जग्गा एकीकरण आयोजना काम पनि अघि बढाउने प्रक्रिया थालिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण