के सर्पले सम्मोहित गर्छ ?
धेरै मानिसहरु सर्पसँग डराउँछन् । यसरी सर्पसँग डराउनु स्वभाविक नै पनि हो । किनभने, कतिपय सर्पहरु यति विषालु हुन्छन् कि तिनीहरुले टोकेपछि तत्काल उपचार नपाए मानिस ठहरै हुन सक्छ । तर सर्पसँग मान्छेको डर यसको विषको कारणमा मात्रै सीमित छैन । सर्पका बारेमा परम्परागत रुपमै रहेका धेरै अन्धविश्वासहरुले मानिसहरुलाई नराम्ररी जकडेका छन् । त्यस्ता अन्धविश्वासहरुले सर्पलाई एउटा सामान्य प्राणीको रुपमा हैन, अलौकिक प्राणीको रुपमा नै स्थापित गरेको छ । सर्पलाई यस्तो अलौकिक प्राणीको रुपमा स्थापित गर्ने विभिन्न अन्धविश्वासहरुमध्येको एउटा अन्धविश्वास हो – सर्पले आफ्नो शिकारलाई पक्रनको लागि सम्मोहित गर्छ !
मानिसमा यो अन्धविश्वास पैदा हुनुको एउटा कारण चाहिँ सर्पले आँखा नझिम्क्याइकनै कुनै पनि प्राणी, आफ्नो शिकार वा मानिसलाई लगातार हेर्न सक्नुले नै हो । यथार्थमा, सर्पले आफ्नो आँखा नै झिम्क्याउन सक्दैन । सर्पको आँखा सिसाजस्तो पारदर्शी झिल्लीले ढाकिएको हुन्छ । यसले गर्दा हामीलाई सर्पले लगातार हेरिरहेको जस्तो भान हुन्छ । वास्तवमा, यसै कारणले गर्दा नै पनि सर्प सुतिरहेको छ वा जागृत छ भन्ने कुरा पनि थाहा पाउन सकिँदैन ।
सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्णरुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेको जस्तो देखिन्छ । यसो हुनुको कारण चाहिँ सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ । यसबेला त सर्पको हेर्ने क्षमतामा निकै नै कमी आउँछ । त्यसो त, सामान्य अवस्थामा नै पनि सर्पको हेर्ने क्षमता अति कम हुन्छ । यसले अति कम दूरीको गतिविधि मात्रै देख्न सक्छ । सर्पले शिकार पक्रनको लागि बढी मात्रामा दृष्टिभन्दा पनि गन्ध पहिचान गर्ने शक्तिको प्रयोग गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण