४१ वर्षपछि नाटकमा फर्किए कलाकार टिका पहारी
काठमाडौं – डरलाग्दा भिलेन टिका पहाडी रंगमञ्च अभिनयबाट कलाकारितामा भित्रिएका हुन् । यो धेरैलाई थाहा पनि नहोला । उनै पहाडी करिब ४१ वर्षपछि फेरी रंगमञ्चमा फर्किने भएका छन् ।
सुलक्षण भारतीको निर्देशन रहने नाटक ‘लाटीको छोरो’मार्फत उनी रंगमञ्चमा फर्किन लागेका हुन् ।
नाटक मार्फत नेपाली रंगमञ्चमा पहिलोपल्ट प्रोडक्सन डिजाइनको अभ्यास गरिँदैछ । प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन् । प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकार लगायत नाटक निर्माणका सम्पुर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ ।
‘समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा फर्किन सकिरहेको थिइन्,’ अभिनेता पहारीले भने, ‘अहिले यो नाटकमा काम गर्न पाउनुलाई म संयोग मान्छु ।’ ‘नाटकमा रिहर्सल गर्न जाँदा अहिले म आफूलाई ३१–३२ वर्षको ठिटो ठानिरहेको हुन्छु ’पहारीले थपे ।
‘लाटीको छोरो’ श्याम शाहको कथा संग्रह ‘अब्बा’मा सम्मिलत छ । यो कथामा केही परिमार्जनसहित निर्देशक भारतीले नाट्य परिकल्पना गरेका छन् । डोम समुदायको वस्तीमा एउटा लाटीको वरिपरी नाटकको कथा घुम्छ । त्यो वस्तीको सुन्दर बजारमा एकदिन एउटा लाटी गर्भवती भएको कुरा फैलिएपछि ठूलो तरंग पैदा हुन्छ । ‘र त्यसपछि के हुन्छ त्यसका लागि नाटक हेर्नुपर्छ,’ निर्देशक भारतीले भने ।
नाटकमा सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गर्नेछन् । मण्डला नाटकघरमा २० भदौ ेदेखि असोज–८ गतेसम्म नाटक मञ्चन हुनेछ ।
– अभिनेता पहारीले व्यवसायिक हुन खोजिरहेको नाटकको हिस्सा हुन पाउँदा खुशी व्यक्त गरे । ‘नयाँ जोश र योजनाका साथ यो टिम अघि बढेको छ,’ पहारीले भने, ‘१५ दिनको रिहर्सलले पनि प्रमाणित गरिसक्यो कि अब शंका गर्ने ठाउँ छैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण