मनको गहिराइमा पुग्न नखोजमा आमाबाबु र छोरीको अभिनय
काठमाडौं । गायिका यदु राई लकान्द्रीको ‘मनको गहिराइमा पुग्न नखोज’ शीर्षाकृत गीत हालै सार्वजनिक भएको छ ।
इन्दिरा प्रयासको शब्द र रमेश संग्रौला संगीतबद्ध सो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो । संगीतकार संग्रौलाकै निर्देशनमा निर्मित म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।
रवीन शंकरको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा कलाकार सरला थापा र दीपक चाम्लिङले अभिनय गरेका छन् । म्युजिक भिडियोमा चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज राईले अभिनय गरेकी छन् । मोडेल चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज एकै परिवारका सदस्य हुन् । भिडियोमा अजय र एलेक्सले समेत अभिनय गरेका छन् ।
दिया मिडिया प्रालिको प्रस्तुति भिडियोको अडियो ओपल रेकर्डिङ स्टुडियोमा तयार पारिएको हो । गायिका यदु राईले संगीतमा डिप्लोमा, तबलामा पाँचौं वर्षसम्मको अध्ययन गरेकी छन् ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण