प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग
व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।
बितौमोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् ।
चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिसएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरुको साथबाट बा१५च ७३३ नम्बरको कार, नक्कली पेस्तोल र लागूऔषद बरामद भएको उनले जानकारी दिए ।
ती व्यवसायीलाई बन्धक बनाउन युवतीको प्रयोग गरी नक्कली मायाजालमा फसाएको पाइएको बिर्तामोडका डिएसपी मोहन थापाले बताए । उनका अनुसार शंकरले भारतको दिल्ली बस्दै आएकी लिम्बूलाई बिर्तामोड बोलाएर व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए । यो समाचार कान्तिपुर दैनिकमा अर्जुन राजवंशीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण