जो निन्द्रामा घरसँगै बगे...
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् ।
केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् ।
दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामानमात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई विस्तारा थिए ।
सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।
पाल्लो कोठामा सुतेका दुई छोरीहरुको भने कथा अर्कै भयो । उनीहरु पनि अरुहरुझै मस्त निद्रामै थिए । अचानक पत्तौ पाए–घर घरक्क ग¥यो, अनि गल्र्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्,‘त्यसपछि थाहा पाएनौं ।’
छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण