ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्महत्या
बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बाहानामा त्यहां पुगेका श्रेष्ठ ८ औ तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ललिता निवास घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनावमा थिए ।
उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठको शवको पोष्टमार्टम बुधवार गरिने पारिवारिक स्रोतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण