दाङ्गमा पेस्तोलसहित एक जना पक्राउ
शनिबार, १८ साउन २०७६, १२ : ०६
बुटवल । दाङ्गको प्रहरीले गएराती पेस्तोलसहित एक जना पक्राउ गरेको छ । बङगलामुखी गाउँपालिका–४ मुलटापाका ३० बर्षिय शिवबहादुर बिकलाई दाङ्गको कमिरेचौर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (असई ) गोपालप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल सहित पक्राउ गरेको हो ।
स्थानीय खुवबहादुर केसीको होटलमा बास बसेका ट्रिपर चालक बताइएको घोराही–३ का २६ बर्षिय ईन्द्रबहादुर नेपाली, ३५ बर्षीय पदम केसी र सुरेश नेपाली सहित ६/७ जनाको समुहलाई रातको करिव २ बजेको समयमा एक्कासी बिकले कटुवा पेस्तोल ताक्दै सबैलाई मारिदिन्छु भनेको सूचना प्राप्त गर्न साथ असई शर्माको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक राजन गौतमलाई त्यसतर्फ पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण