बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस

बुधबार, ३१ असार २०८३, १५ : ५६
बुधबार, ३१ असार २०८३

सारांश

  • तीन आयोगका वार्षिक प्रतिवेदन बुधबारको प्रतिनिधिसभा बैठकमा पेस गरिएका छन् ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यी प्रतिवेदनहरू पेस गरेकी हुन् ।
  • पेस गरिएका प्रतिवेदनहरूमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदनहरू रहेका छन् ।

काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन आयोगका प्रतिवेदन पेस गरेकी हुन् ।

मन्त्री गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ  वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातो वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप