सरकारद्वारा आठ जनाको नागरिकता खारेज
सोमबार, २० साउन २०७६, ०६ : ४७
सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् ।
बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।
आर्थिक वर्ष २०७६/७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
-
महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट
-
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नेपालमा नयाँ एआई कार्यक्रमको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण