फिल्म नचलेपछि चर्चित अभिनेताले भने, ‘अब अभिनय छोड्छु, बेइज्जती भइरहेको छ’
बलिउड अभिनेता अन्नू कपुर हालै फिल्म ‘खानदानी शफाखान’ मा वकिलको भूमिकामा देखिए । यद्यपि, फिल्मको कहानी रमाइलो थियो । फिल्ममा अन्नू कपुर, सोनाक्षी सिन्हा, बादशाह, वरुण शर्मासमेत सबैले निकै उत्कृष्ट काम गरे तर सायद दर्शकले यति बोल्ड सब्जेक्ट र अन्दाजलाई पचाउन सकेनन् । त्यसकारण फिल्म बक्स अफिसमा खासै चल्न सकेन ।
हालै एक भारतीय संचार माध्यमसँगको कुराकानीमा उनले विभिन्न कुरामा खुलेर चर्चा गरे । अन्नू कपुरले फिल्ममा अभिनय गरेर आफू थाकिसकेको बताए । साथै, उनले अब फिल्म बनाउने बताए ।
यो फिल्मको निर्देशन गरिसकेका छन्ः
अब यी अभिनेताले फिल्म बनाउने सोचिरहेका छन् । हुन त यसअघि पनि अन्नू कपुरले फिल्म बनाइसकेका छन् । उनले सन् १९९४ मा चिल्ड्रन फिल्म सोसाइटी, इन्डियाका लागि नाना पाटेकर, मून सेन र बेन्जामिन गिलानीको विषयमा एउटा फिल्म ‘अभयः द फियरलेस’ बनाएका थिए ।
उनको निर्देशनमा बनेको यो फिल्मले त्यो वर्ष बेस्ट चिल्ड्रन फिल्मको अवार्ड पनि पाएको थियो । यद्यपि, त्यसपछि उनले निर्देशन छोडे । अब उनी अहिले आफ्नो निर्देशकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छिन् ।
अब भूमिका होइन बेइज्जती पाइरहेको छुः
उनले भने, ‘मेरो भाग्य भनौं मैले निर्देशन गरेको पहिलो फिल्ममा मैले नेशनल अवार्ड पाएँ । तर यति हुँदा हुँदै पनि सायद त्यतिबेला मेरो भाग्यले मलाई निर्देशनमा आओस् भन्ने चाहँदैनथ्यो । त्यसकारण मेरो बाटो अभिनयतर्फ मोडियो । तर अब पुनः निर्देशनतर्फ हिँड्दैछु । मेरा नजिकका थुप्रै मानिसहरुले मैले उनीहरुको फिल्म बनाओस् भन्ने चाहना राख्छन् ।’
अब अभिनय किन छोड्न चाहनुहुन्छ ? या प्रश्नमा हाँस्दै उनले भने, ‘आजकाल वकिलकै भूमिकाका लागि १० वटा यस्ता अफर आउँछन् जसमध्ये दुइवटालाई म अस्विकार गर्छु । मानिसहरुले मलाई यस्तो काम दिन्छन् जुन मैले पहिले नै गरिसकेकी छु । यस्तोमा जब मलाई यस्तो भूमिका अफर गरिन्छ तब मलाई मानिसहरुले रोल नभई मेरो बेइज्जती गरिरहेको जस्तो लाग्छ ।’
उनले थपे, ‘त्यसकारण यदि रोल अफर गर्नु छ भने राम्रो भूमिका दिनुहोस् नभए मलाई अफर नै नगर्नुहोस् । अब मलाई अभिनय गर्नु छैन । म वकिलको भूमिका निभाउँदा निभाउँदै थाकिसकेकी छु । योभन्दा राम्रो त म फिल्म नै बनाउँदा हुन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण