सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राजपा कार्यालय पनि सरकारी जग्गामै

बुधबार, २२ साउन २०७६, ०६ : ३८
बुधबार, २२ साउन २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । 

सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि दिएको हो । मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप