डीभी/अमरिका प्रकरणः वडाध्यक्षमाथि छानबिन हुने
बिहीबार, २३ साउन २०७६, ०६ : ३८
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ ।
गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल समाचारपत्रलाई जानकारी दिँदै भने–‘डिभी परेर अमेरिका गएको रहेछ भन्ने सो पद रिक्त रहन्छ । यसबारे विस्तृत छानबीन गरेर मात्र भन्न सकिनेछ ।’
सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा के हुन्छ २१ दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा ?
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
-
महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण