घाँटी थिचेर श्रीमतीको हत्या गरी श्रीमान् फरार
सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।
घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।
घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण