पर्वतमा करेन्ट लागेर २ जनाको मृत्यु
पर्वत– पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ ।
महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । घटनास्थलमा लुङ्खु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।
मृतकहरुको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण