चीनमा पहिरो, १७ जना मजदूर बेपत्ता
शुक्रबार, ३१ साउन २०७६, १७ : २४
बेइजिङ– दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताएका छन् । –एएफपी/photo: www.channelstv.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण