पुडासैनी आत्महत्या प्रकरण : चितवन फेरि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
शनिबार, ३२ साउन २०७६, १२ : १२
काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो ।
लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ ।
यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका ५ जना असई घाइते भएका थिए ।
बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण