उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ : माधव नेपाल
कास्की-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको पोखरामा आज उद्घाटन गर्दै उनले परिवर्तन विरोधीहरु सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्नेमा जोड दिए ।
राजनीतिक क्रान्ति पनि सफल भई मुलुक नयाँ चरणमा प्रवेश गरिसकेको वर्तमान अवस्थामा पुरानो व्यवस्था फर्कन नसक्ने बताउँदै उनले जनताको बलले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए । जनतको मतबाट दुईतिहाइको सरकार निर्माण भएको उल्लेख गर्दै उनले देश बनाउने जिम्मा नेकपाको काँधमा आएको बताए । “विरोधीले कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन्, त्यसैले नेकपाले जनताको भावनाअनुसार अगाडि बढ्नुको विकल्प छैन, सत्तामा पुग्ने व्यक्तिले जनताका समस्या र आलोचना सुन्न सक्नु पर्दछ”, भने ।
कास्की निर्वाचन क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले गरेको निर्णयअनुसार जिताउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “चुनाव रिस पोख्ने बेला होइन, पार्टीमा अन्य समयमा रिस पोख्न सकिन्छ ।” आर्थिक समृद्धिका लागि सडक पूर्वाधार आवश्यक भएको बताउँदै उहाँले नेपालको बजेट सबैभन्दा बढी सडकमा नै खर्च हुने गरेको र यातायात मजदुरले सवारी सञ्चालन गर्दा संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण