जरिन खानको खुलासा, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ’ तर...
बलिउड फिल्म वीरबाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् ।
जरिन खानले सलमान खानको फिल्म वीरमार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । । त्यसपछि उनले थुप्रै सुपरहिट फिल्म गरिन् । बम्बे टाइम्सले जब उनलाई सलमान खानसँग जोडिएको के हल्ला फैलाउन चाहन्छिन् भनेर प्रश्न गर्यो तब उनले यसको जवाफमा भनिन्, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ ।’
जरिन खानले उनी सलमान खानसँग हुकअप पनि गर्न चाहेको बताइन् । अन्तरवार्ताकै क्रममा जब उनलाई सलमान खान, करण सिंह ग्रोवर र गौतम रोडेमध्ये कसलाई विवाह गर्न चाहन्छिन्, कसलाई मार्न चाहन्छिन् र कोसँग हुकअप गर्न चाहन्छिन् भनेर सोधियो तब उनले भनिन्, ‘म कसैलाई पनि मार्न चाहन्नँ । विवाहमा विश्वास गर्दिनँ किनभने आजको समयको यो मजाक बनेको छ । हुकअपको कुरा गर्ने हो भने सलमान खानमात्रै अविवाहित छन् त्यसैले सलमानसँगै हुकअप गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण