पाल्पामा डेङ्गुका बिरामी फेला

पाल्पा– पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।
डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेङ्गुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउँछन् ।
अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेङ्गु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी याममा देखापर्ने डेङ्गुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन