पुडासैनी आत्महत्या प्रकरण : पाँच मिटर डोरी किनेको पसल भेटियो
सोमबार, ०२ भदौ २०७६, १४ : ००
३

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।
चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ ।
होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
सरकारले नयाँ सहकारी राष्ट्रिय नीति जारी गर्ने
-
नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता
-
सरकारको नीति तथा कार्यक्रममा के छ ?
-
महिमानसिंह विष्टविरुद्ध अदालतको आदेश किर्ते गरेको कसुरमा अनुसन्धान
-
राष्ट्रपति पौडेल संसद् भवन जाँदा सडकमा यस्तो देखियो, तस्बिरहरू
-
पूर्वाधार आयोजनाहरुलाई प्राथमिकिरण, त्रुटिपूर्ण आयोजनाहरु खारेज गरिने