योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा चिनियाँ चासो
काठमाडौँ । नेपालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ ।
बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनको लागि चीन सरकारले बार्षिक १ हजार विद्यार्थी पठाउने इच्छा व्यक्त गरेका हुन् ।
नेपाल सरकारसँगको सहमतिमा वार्षिक १ हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेको प्रोफेसर थिङले बताएका थिए ।
मंगलबारदेखि काठमाडौँमा सुरु भएको मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङले बुधबार मन्त्री पोखरेलसँग भेटवार्ता गरेका थिए ।
भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफूहरु सहयोग गर्न तयार रहेको पनि थिङले प्रष्ट पारे । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको भन्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका अध्यक्ष डाक्टर हरिप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले पाठ्यक्रम तयार गरी भदौ २ गते मन्त्री पोखरेललाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण