मुख्यमन्त्री शाहीले दिए कर्मचारीलाई निर्देशन
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३ महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरि योजना कार्यन्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपश्चात पहिलोपटक बुधवार मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीले भोली देखिनै बजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिँदै भने– ‘पहिलो महिनाभित्र सर्भे, डिजाईन, स्टीमेटको काम पुरा गर्ने, दोश्रो महिना सार्वजनिक खरीद तथा टेण्डरको कार्य पुरा गर्ने र तेश्रो महिनादेखि निर्माण कार्यको काम अगाडि वढाउने गरि काम थालनी गर्नुस्।’
मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं वितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएकोप्रति आफनो ध्यानाकर्षण भएको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाको फाईदा अनुभूति हुने गरि मन्त्रालयले कार्यसम्पादन गर्नुपर्ने बताए ।
पहिलोपटक भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीहरुले अविरमालाले स्वागत गरेका थिए ।
नक्कली बैंक ग्यारेण्टीपत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले साविकका भौतिक पूर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई वर्खास्त गरि सो मन्त्रालयको जिम्मेवारी आफैले लिने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’
-
कोशीका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु
-
अदालत गए उपेन्द्र यादव
-
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै