शेयर बजार: नेप्से झिनो अङ्कले सुधार
काठमाडौं– कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् ।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७.४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड २० लाख २१ हजार ६४४ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माछापुच्छे« बैंक रु दुई करोड ८५ लाख ८४ हजार सात, एनआइसी एशिया बैंक रु एक करोड ७२ लाख ६३ हजार ६१५, नवील बैंक रु एक करोड छ लाख सात हजार २८८, रसुवागढी जलविद्युत् कम्पनी रु ९४ लाख ४८ हजार ३१५ र कृषि विकास बैंक रु ८९ लाख ३१ हजार ८४६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार कारोवारका आधारमा आज विशाल बजार कम्पनीका शेयरधनीले बढी कमाए । सो कम्पनीका शेयरधनीले ५.७३ प्रतिशतले कमाए । यस्तै पाँचथर पावर कम्पनी ४.८१, जानकारी फाइनान्स ४.२८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.७७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।
यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.४४, नाडेप लघुवित्त वित्तीय संस्था ५.२५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ५.१३, माउण्टेन हाइड्रो ४, अपि पावर कम्पनी ३.८१, र छ्याङ्दी हाइड्रोका शेयरधनीले ३.७९ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण