बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति
बिहीबार, ०५ भदौ २०७६, १३ : ०५

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।
महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गर्नुभएको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको उल्लेख छ । प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् ।
बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो । सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म
-
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह
-
प्रचण्डलाई किसानले दिए काँक्रो उपहार
-
भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति
-
हैदराबादमा गुलजार हाउसमा लाग्यो आगो, १७ को मृत्यु
-
अछाम र दाङमा जबरजस्ती करणीको घटना : २ जना पक्राउ