गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास
उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताएका छन् ।
“सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्यजस्ता संस्कार, संस्कृतिले झनै सुन्दर बनाएको छ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।
गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता खुशी हुनेजस्ता जनविश्वास रहिआएको उनले स्मरण गरेका छन् ।
उपराष्ट्रपतिले गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशवासी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतिको कामनासमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण