पाकिस्तानसँग वार्ता गर्न मोदीलाई फ्रान्सका राष्ट्रपतिको आग्रह
फ्रान्स– फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन्। ठूला सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेका हुन् ।
दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं विश्वका जल्दाबल्दा विषयमा पनि विचारविमर्श भएको थियो । जी७ को बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ । भारतीय प्रधानमन्त्री मोदी उक्त बैठकमा विशेष आमन्त्रित हुन् । जी ७ का सदस्य मुलुकमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली रहेका छन् ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बिहीबार नै बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र ग्रीसका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति म्याँक्रोले भारत र पाकिस्तानबीच रहेका मतभेद द्विपक्षीय रुपमा सुल्झाउन तथा थप गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
गत अगस्ट ५ मा मोदीले मुस्लिम बहुल काश्मिरले प्राप्त गरिरहेको विशेष दर्जा समाप्त गर्नुका साथै दशौं हजार थप सुरक्षाकर्मी काश्मिरमा पठाएका थिए । प्रधानमन्त्री मोदीले भने आफ्नो वक्तव्यमा काश्मिरका विषयमा केही उल्लेख गरेका थिए । –एपी/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण