चीन–अमेरिका व्यापार विवादप्रति बेलायतको चासो
फ्रान्स- बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ ।
फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् ।
वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको बताइएको छ ।
वियरिट्समा हुन लागेको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानभित्रै सञ्चारकर्मीसँग भएको कुराकानीमा प्रधानमन्त्री जोनसोनले भने, “मलाई यस बिषयले निकै चिन्तित तुल्याएको छ । यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन । यस्तो निरन्तरता हुनु राम्रो होइन । यसले कसैलाई फाइदा गर्नेछैन ।”
उनले थपे, “म तनाव कम होस् भन्ने पक्षमा रहेको छु ।” -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण