माधवनारायणमा १ हजार परिवारलाई सोलार वितरण
आइतबार, ०८ भदौ २०७६, १९ : ३९
रौतहट– रौतहटको पूर्वी भेग माधवनारायण नगरपालिका अन्तर्गत एकहजार परिवारलाई सोलार वितरण गरिएको छ । माधवनारायण नगरपालिकामा एक विशेष कार्यक्रमको आयोजना गरी मेयर वीरेन्द्र यादवले सोलार बत्ति वितरणको शुभारम्भ गरेका थिए ।
नगरपालिकाका वडा नं १ देखी ९ सम्मका एक हजार घरपरिवारलाई बत्ति बल्ने सोलार वितरण गर्ने काम भइरहेको नगर प्रमुख यादवले बताएका छन् । उर्जा मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक उर्जा केन्द्रले उपलब्ध गराएको झण्डै एक करोड रुपैयाँ लागतको एक हजार थान सोलार वितरण गरिरहेको हो ।
सीएफएल बत्ती बल्ने र २० वाट क्षमता भएको सोलारले रातभर चारवटा बत्ति बल्न सक्ने मेयर यादवले बताए । रातमा विद्युत लाईन नहुने समयमा अध्याँरो नहोस् भन्ने उद्देश्यका साथ सोलार वितरण कार्य गरिरहेको मेयर यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण