सामाजिक सुरक्षा योजनाको व्यवस्थाप्रति माधव नेपाल असन्तुष्ट
काठमाडौं– सत्तारुढ दलकै वरिष्ठ नेता माधवकुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागू गर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरेका हुन् ।
उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागू गरेको प्रणाली लागू गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्व आँकलन गर्न नसकिएको तर्क गरे । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति पनि उनले असन्तुष्टि जनाए ।
उनले भने, ‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो । सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो । आर्थिक गतिविधि तिव्र ढंगले सञ्चालन हुदै जानुपर्यो । आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुँदै जाने, रोजगारीका समस्या बिकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याईकन कुनै पनि कदम चाल्नु हुँदैन ।’
उनले मुलुकको पूर्वाधार र अर्थतन्त्रको मूल्याँकन नै नगरि यूरोपेली देशका प्रणालीलाई रातारात लागू गर्न खोज्नु गलत भएको टिप्पणी गरे । राजधानीमै आईतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गर्न मजदूरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए । फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउ नपाउने गरि सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गरे ।
विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीजसम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेको तर्फ लक्षित गर्दै उनले विभिन्न जात जातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण