नेइमारविनै पीएसजी विजयी
स्टार स्ट्राईकर नेइमारविनै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोउलुसलाई ४–० गोलले हरायो । यस खेलमा अर्का स्टारद्वय केलियन एमबाप्पे र इडिन्सन काभानी घाईते भएका थिए । काभानीले खेलको १४औं मिनेटमा चोटका कारण मैदान छाडे । एमबाप्पे पनि दोस्रो हाफमा थाईको चोट बोक्दै बाहिरिए ।
एन्जल डी मारिया पेनाल्टीमा चुकेपनि पीएसजी जित निकाल्न सफल भयो । पीएसजीले ५०औं मिनेटमा खाता खोलेको थियो । ईरिक म्याक्सिम चौपो मोटिङले सुरुवाती गोल गरेका थिए । ५५औं मिनेटमा टोउलुसका म्याथ्यु कोन्काल्वेसले आत्मघाती गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो । मोटिङले ७५आंै मिनेटमा ब्यक्तिगत दोस्रो गोल थपे । ८३औं मिनेटमा मार्किन्होसले गोलगर्दै पीएसजीलाई सजिलै जिताए । नेइमार पीएसजी छाडेर स्पेनिस क्लब बार्सिलोना या रियल म्याड्रिड जाने हल्ला चलिरहेका कारण उनलाई टोलीमा खेलाईएको छैन । जितसँगै पीएसजीले तीन खेलबाट ६ अंक बनाएको छ । टोउलुसको समान खेलबाट चार अंक छ ।
आइतबार रातिनै भएको अर्को खेलमा रेनेसले स्टार्सबर्गलाई २–० गोलले हरायो । रेनेसको जितमा क्लेमेन्ट ग्रनियरले १४औं एम्बाय नियाङले ५४औं मिनेटमा गोल गरे । लिगमा लगातार तेस्रो जित हात पारेको रेनेस नौ अंकसहित शीर्ष स्थानमा छ । स्टार्सबर्गले दुई अंक जोडेको छ । अर्को खेलमा मोनाको र निम्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण