अमेरिकाले विश्वका देशहरुको सूचीबाट प्यालेस्टाइनको नाम हटायो
रमल्लाह– संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताएका छन् ।
रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै भनेका छन् अमेरिकाको यो कदमले इजरायलको आक्रमणकारी रबैयालाई समर्थन मात्र गरेको छैन, यसले चरमपन्थी एवं घोर दक्षिणपन्थी इजरायली योजनालाई नै पूर्ण रुपमा समर्थन गरेको छ ।
इजरायली रेडियोले अमेरिकी विदेश मन्त्रालयको भनाई उद्धृत गर्दै प्यालेस्टाइनलाई दिँइदै आएको राज्यस्तरको मान्यता खारेज गरेको समाचार प्रसारण गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइनको नाम समेत आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै अमेरिकाले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो ।
सन् २०१८ को मे महिनामा इजरायलस्थित अमेरिकी राजदूतावासलाई अमेरिकाले जेरुसेलम स्थानान्तरण गरेको थियो ।
प्यालेस्टिनी विदेश मन्त्रालयले पनि आइतबार नै अमेरिकी पछिल्लो कदमको भत्र्सना गरेको थियो । ‘अमेरिकी सरकारको पछिल्लो निर्णयले इजरायल–प्यालेस्टाइनको वर्षौं पुरानो विवाद सुल्झाउने दुई–राज्य मोडेललाई जसरी पनि ध्वस्त पार्न चाहेको पछिल्लो घटनाले देखाएको छ ।’ –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण