बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा स्थानीय तहको भूमिका उल्लेख्य : महानिरीक्षक खनाल

सोमबार, ०९ भदौ २०७६, २१ : ०१
सोमबार, ०९ भदौ २०७६

काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनमा स्थानीय तहबाट उल्लेख्य भूमिका विर्वाह भएको बताएका छन् ।

काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुखहरुसँग सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विभिन्न चरणमा व्यापक छलफल गरी विविध उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमले छोटो समयमा वृह्द उपलब्धि हासिल गरी
संस्थागत रुपमा विकास भइसकेको धारणा व्यक्त गर्दै यस नवीन अवधारणालाई अन्य देशले समेत अवलम्बन गर्दा राम्रो हुने विचार व्यक्त गरे। 

 

गतका कामको समीक्षा र भावी कार्यदिशाको अझ बढी दायित्व वहन गर्दै अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रमआयोजना गरिएको उनले उल्लेख गरे । कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले स्थानीय तहको सहयोग, समन्वय, सहकार्य र उपस्थितिले काम गर्न अझै हौसला र उर्जा मिलेको बताए ।

प्रविधि र प्रहरी उपस्थितिलाई एकसाथ लैजाने नीति साझेदारीले अगाडि बढाएको उनले उल्लेख गरे । 

ट्राफिक व्यवस्थापन, लागूऔषध र मदिरा नियन्त्रण, पुर्नस्थापना केन्द्र स्थापना, मानव बेचबिखन नियन्त्रण, फरार अपराधी पक्राउ लगायतका विषयमा विशेष अभियान संचालन अन्तर्गत त्रैमासिक योजना ल्याइएको
उनले बताए ।

उक्त अवसरमा उपस्थित नगरपालिका प्रमुखहरू, उपप्रमुखहरु, गाउँपालिकाअध्यक्षहरुले समुदाय–प्रहरी कार्यक्रम निकै प्रभावकारी र फलदायी भएको चर्चा गर्दै निर्दिष्ट लक्ष्य र उद्देश्यका साथ शान्ति सुरक्षामा सहयोग पुर्‍याउन ल्याइएको यस कार्यक्रमलाई स्थानीय तहबाट गर्नुपर्ने भूमिका पूर्णरुपमा निर्वाह गरी सहयोग पुर्‍याउने प्रतिवद्वता व्यक्त
गरे । 

बजेट व्यवस्थापन देशभरका स्थानीय तहमा सक्षमता र आवश्यकता अनुसार विविध क्रियाकलाप भइरहेको चर्चा गर्दै उनीहरुले स्थानीय तह र प्रहरीले मिलेर गर्नुपर्ने काम, सहकार्यर समन्वयका विषयमा विविध सुझाव प्रस्तुत गरे ।

उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका प्रारम्भिक उपलब्धीहरु, प्रणालीगत विकास, समुदायमा वृहत पहुँच, उपत्यका सन्दर्भ उल्लेखनीय उपलब्धीहरु, चुनौतीहरु र साझेदारीका भावी क्षेत्रहरुबारे प्रस्तुतीकरण गरेका थिए । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप