बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्त मनस्थितिका बालबालिकालाई अपाङ्गता परिचय पत्र

मङ्गलबार, १० भदौ २०७६, १६ : ५७
मङ्गलबार, १० भदौ २०७६

बुटवल–बुटबल उप–महानगरपालिकाले सुस्त मनस्थिति भएका बालबालिकालाई अपाङ्गता परिचयपत्र बितरण गरेको छ ।
 बुटबल उपमहानगरपालिका कार्यवाहक प्रमुख गुमादेवी आचार्यले सुस्त मनस्थिति बाल विद्या मन्दिरमा पुगेर परिचयपत्र वितरण गरेकी हुन् ।
उपमहानगरपालिकाले अपाङ्गता भएका व्यतिmहरुलाई लगत संकलन गरेर उनीहरुको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्दै कावा प्रमुख आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् ।
जसमध्ये १४ जनालाइ रातो काड बितरण गरिएको थियो भने ख वर्गका २ र ग बर्गका २  गरि १८ वटा कार्ड बितरण गरिएको छ । बुटबल उपमहानगरपालिकामा अपाङ्ग पहिचान भएका आठ सयजना अपाङ्गता भएका व्यतिmहरुलाइ तीन प्रकारका परिचय पत्र बितरण गर्दै आएको कावा प्रमुख आचार्यले जानकारी दिईन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप