नेपालमा १ लाख २४ हजार अपराधी अझैं जेल बाहिर
भक्तपुर – विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका १ लाख २४ हजार ४८ जना अपराधी फरार देखिन्छ ।
भक्तपुर जिल्ला अदालतले विहिबार फैसला कार्यान्वयन सम्बन्धी अन्तरक्रियमा कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालय प्रमुख गजेन्द्र बहादुर सिंहले भने ‘नेपाली १ लाख २४ हजार ४८ र विदेशी नागरिक १ हजार ६ सय ६६ जनाले सजाय भुक्तान गर्न बाँकी छ ।’
अपराधको दण्ड र कसुरबाट करिब १० अर्ब रुपैयाँ विगो समेत उठाउन बाकीं रहेको उनले बताए । भक्तपुर अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जिल्लामा कैद जरिवाना लागेका व्यक्ति संख्या ९ सय ३७ रहेको र जसमा भक्तपुर जिल्लाका मात्र ४ सय ४८ जना रहेको जानकारी दिए ।
अन्य बाहिर जिल्लाका भएकाले लगत कट्टा गर्न पठाएको अधिकारीले बताए । स्थानीय सरकारले आवश्यक सहयोग नगर्दा फैसला कार्यान्वयनमा समस्या हँुदै आएको अधिकारीलेको भनाइ छ । भक्तपुरका चार स्थानीय तहमा ४ सय ४८ जनाबाट जम्मा १ सय ६२ वर्ष १० महिना १२ कैद भुक्तानी र २२ करोड ४६ लाख ६८ हजार २ सय १७ रुपैयाँ बिगो उठाउन बाकीं रहेको समेत भक्तपुर अदालतले जनाएको छ ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला, भक्तपुरका प्रमुख जिल्ला न्यायाधीस जगत नारायण प्रधान, समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, चाँगुनारायणकी उपप्रमुख विणा बास्तोलालगायतले सबै मिलेर फैसला कार्यान्वयनमा लाग्नु पर्ने जोड दिएका छन् ।
कार्यक्रममा भक्तपुरका तीन नगरपालिकाको मात्र उपस्थिती रहेको थियो । चाँगुनारायण, सूर्यविनायक र भक्तपुर नगरपालिकाका प्रतिनिधी र जनप्रतिनिधीको उपस्थिती भए पनि मध्यपुरथिमीले भने सहभागीता जनाएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण