कैलाली यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना अख्तियारको नियन्त्रणमा
बिहीबार, १२ भदौ २०७६, २३ : ०९
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना कर्मचारीलाई घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कार्यालय प्रमुख गम्भीरसिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगर रहेका छन् । उनीहरुले सेवाग्राहीको गाडीको नामसारी चाँडो गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
नियन्त्रणमा लिने क्रममा अख्तियारको टोलीले कार्यायल प्रमुख विष्टबाट ९८ हजार, जोशीबाट ४९ हजार १ सय र कारीगरबाट १९ हजार रुपैयाँ बरामद गरेको छ । नियन्त्रणमा लिइएका कर्मचारीका बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण