अक्षय खन्नाको तस्बिर देखेर हैरान प्रशंसकः भने, ‘केबाट के भए’
बलिउड नायक अक्षय खन्नाको पछिल्लो तस्बिर आजकाल चर्चामा छ । सोसल मिडिया प्लेटफर्ममा अक्षयको तस्बिर सार्वजनिक भएपछि प्रशंसक उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका छन् ।
तस्बिरमा अक्षय खन्नाको तौल पहिलेको भन्दा निकै घटेको देखिन्छ । अक्षयको कपाल देखेर पनि प्रयोगकर्ताले विभिन्न प्रश्न उठाइरहेका छन् । वास्तवमा, फोटोमा अक्षय खन्नालाई हेर्दा यस्तो लाग्छ कि उनलाई कुनै रोगले च्यापेको छ ।
अक्षयको तस्बिरमा चासो देखाउँदै प्रयोगकर्ताले लेखे, ‘केबाट के भए ।’ यस्तै एक प्रयोगकर्ताले सोधे, ‘अक्षयले कपाल प्रत्यारोपण किन गराउँदैनन् ?’
अक्षय खन्नाका तस्बिरमा थुप्रै प्रयोगकर्ताले उनको राम्रो स्वास्थ्यको कामना गरे । कति प्रयोगकर्ताले आजको समयमा पनि अक्षयले आफूलाई किन फिट नराखेको भनेर पनि प्रश्न गरे ।
स्मरण रहोस्, अक्षय खन्ना चाँडै नै फिल्म सेक्सन ३७५ मा देखिँदैछन् । यो फिल्ममा उनले एक वकिलको भूमिका निभाउँदैछन् । फिल्ममा ऋचा चड्डा पनि छिन् । यो फिल्म अजय बहलले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण