कोलकाता बन्दरगाहमा नेपालको गोदाम

काठमाडौं – भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ ।
सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज हुनेछ । सीएफएसमा एकै पटक २५० कन्टेनर राख्न सकिनेछ ।
कोलकातामा बिहीबार आयोजित एक कार्यक्रममा नवनिर्मित सीएफएसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने वर्तमान सरकारको प्रमुख कार्यसूची भएको बताए।
उनले समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पारवहन सञ्जालको अधिक महत्व रहेको दोहो¥याए । पारवहन संरचना र सञ्जाल विस्तार गर्न यातायातका थप माध्यमहरू विस्तार गर्ने सिलसिलामा जलमार्ग उपयोगको प्रयास भइरहेको जानकारी दिँदै उनले पारवहन तथा ढुवानी प्रणालीमा थप सुधार अपरिहार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड