हिसिया यमी बनिन् मोडल (भिडियोसहित)
काठमाडाैं– नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी पनि मोडलिङमा देखिएकी छिन् । उनी तीज गीत ‘नाचौ छमछमी..’को म्युजिक भिडियो अभिनयमा देखिएकी हुन् । भिडियोमा उनले निकै रोचक तवरले कम्बर मर्काएकी छन् ।
नयाँ शक्तीकै अर्की नेतृ संगीता धमलाले गायिका पार्वती जिसीसँगको सहकार्यमा यो तिज गीत गाएकी हुन् । गीतमा शब्द संगीतको अलवा पार्वती जिसी, मंजिला शर्मा, बिमला अर्यालको रहेको छ ।
तिजको अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएके हो । भिडियो अभिनेत्री तथा नयाँ शक्ती पार्टीकै अर्की नेतृ करिस्मा मानन्धर पनि देखिएकी छन् । रानी श्रेष्ठ समेतको अभिनय रहेको भिडियोमा धेरै कोरस कलाकार समेत राखिएको छ । कोरस कलाकारका साथ हिसिलाको छमछमी निकै आकर्षक देखिएको छ ।
हिसिलाको कपी गर्दै चलचित्र तथा टेलिभिजनको पर्दामा नक्कली हिसिला यामी बन्दै आएकी बिपनाले छोटै समयमा राम्रो चर्चा बटुल्न सफल भएकी थिइन् ।
सक्कली हिसिला यामीकै अभिनय रहेको यो भिडियोले पनि राम्रो चर्चा पाउने अपेक्षा निर्माण युनिटले गरेको छ ।
रामजी पौडेलको संगीत, तारा थापाको सम्पादन रहेको भिडियाको निर्देशन चलचित्रका नृत्य निर्देशक कमल राइले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण