झुक्याएर गाउँ कमिटीमा राखेको भन्दै विप्लव समूह परित्याग
शनिबार, १४ भदौ २०७६, ०८ : २७
आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।
गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुले बताएका छन् ।
आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय श्यामबहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय विष्णुप्रसाद खतिवडा, २६ वर्षीय केशवराज खतिवडा र ३८ वर्षीय दीपेन्द्रकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।
सो समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक