बिल्बाओ ला लिगाको शीर्ष स्थानमा
एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले हरायो ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बिल्बाओलाई जिताउन इनाकी विलियम्सले ११औं र राउल गार्सियाले २८औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा बिल्बाओ सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान ओगटेको बिल्बाओले तीन खेलबाट सात अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको सोसिइडाड नवौँ स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा सेभिया र सेल्टाभिगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छनन् ।
घरेलु मैदानमा सेभियाले ८१ औँ मिनेटमा फ्रान्को भाजक्वीजको गोलका अग्रता लिएको थियो । तर ८४औं मिनेटमा सेल्टाभिगोका डेनिस स्वारेजले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा एक एक अंक बाँडे । बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको सेभिया दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको सेल्टाभिगो आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण