बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धिको यात्रामा सहकार्य अनिवार्य : मन्त्री यादव

शनिबार, १४ भदौ २०७६, २० : ५५
शनिबार, १४ भदौ २०७६

रौतहट - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् । चन्द्रनिगाहपुरमा आज नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उनले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिए ।

‘प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ’, मन्त्री यादवले भने । उद्योग तथा व्यवसाय क्षेत्रका समस्या सहकार्य, बहस र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन÷कानून उद्योगका लागि बाधक भए सच््याउन वा परिमार्जन गर्न सकिने उनले बताए । 

इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले बाधक भएको मन्त्री यादवले बताए। उनले तुरुन्त नयाँ प्रविधिमा जान सुझाव दिए। धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा उनले जोड दिए । ‘इँटा उद्योग व्यवस्थित गर्न खोजेको हो, आतङ्कित पार्ने  उद्देश्य होइन्’, मन्त्री यादवले प्रष्ट पारे । 

काभ्रेपलाञ्चोकको भकुण्डेबंँसीमा इँटा उद्योगमा भएको क्षतिप्रति उनले दुःख व्यक्त गर्दै यसबारे यथार्थ पत्ता लगाइने बताए । उद्योगमन्त्री यादवले प्रतिपक्ष काङ्ग्रेसले आफू सरकारमा हुँदा काम नगरेको र अहिले प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि मात्र सरकारको विरोध गरिरहेको उल्लेख गरे । बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन गर्ने प्रक्रियामा रहेको मन्त्री यादवले बताए ।

कार्यक्रममा सांसद देवप्रसाद तिमल्सिनाले इँटा उद्योगले कर मात्र बुझाउने सरकारीस्तरबाट सेवा सुविधा नपाउने भएपछि समस्या भएको बताए । उनले व्यवसाय प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर चन्दले इँटा उद्योग र व्यवसायीका समस्या सरकारले बुझ्नुपर्ने बताए ।

देशभरका इँटा व्यवसायी सहभागी रहेको उक्त साधारणसभामा आयव्यय, वार्षिक प्रतिवेदन, भावी योजनालगायत विषयमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप