पार्किङ गरेका सवारीको ब्याट्री गायब: चारजना पक्राउ
भक्तपुर- महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनको ब्याट्री चोरी गर्ने समुहका चार जनालाई पक्राउ गरेको छ । बिगत केही महिनायता भक्तपुर जिल्ला विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारी साधनहरुबाट ब्याट्री हराउन थालेको गुनासो आएपछि प्रहरीले चोरी गर्ने पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रनाय उपरिक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं ९ स्थाई घर भई हाल भक्तपुरको राधेराधे बस्ने २२ बर्षको मनोज सापकोटा, दोलखा बैतेश्वर गाउँपालिका वडा नं ३ पुतलीघाटको ३१ बर्षको बिमल श्रेष्ठ रहेका छन् ।
त्यसैगरी भारत मोतिहारी जिल्ला पताही थाना स्थाई घर भई हाल भक्तपुर ठिमी बस्ने २१ बर्षको चन्दन कुमार, भारत मुझफरपुर पुर्वीचम्पारण स्थाई घर भई हाल जिल्ला ललितपुर महानगरपालिका वडा नं ३ धोबीघाट बस्ने बर्ष ३८ को सुरेन्द्र चौधरी रहेका छन् ।
प्रहरीले भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न स्थानबाट ब्याट्री चोरी गरी खरिद बिक्री समेतको कारोवारमा संलग्न मानिसहरुलाई पक्राउ गरी चोरीका ब्याट्री थान १ सय ८४ थान बरामद गरेको हो । हाल सम्म सवारी साधनबाट ब्याट्री चोरी भएको भन्दै जाहेरी ६ जनाको निवेदन परेको र सो सम्बन्धमा पीडितहरुसँग समन्वय गरी थप जानकारी एवं सुचना संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउमा परेका उनीहरुले भक्तपुर, काठमाण्डौ, ललितपुर जिल्लाका विभिन्न ठाउँहरुबाट स्काईभेटर, टिपर र बस लगायतका ब्याट्री चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिलाई चोरी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्दान कार्य भईरहेको डिएसपी जोशी जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण