शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पौडेल सिंगापुर जाने

सोमबार, १६ भदौ २०७६, १८ : ४५
सोमबार, १६ भदौ २०७६

काठमाडौं – नेकपाका महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बझ्न उनीहरु मंगलबार सिंगापुर जान लागेको नेकपा सचिवालय स्रोत जनाएको छ ।

यसअघि, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम पनि सिंगापुर जाने बताइएको थियो । तर, पार्टीको काम भएको कारण गौतम भने सिंगापुर नजाने भएका हुन् ।

प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । 

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि १८ साउनमा सिङ्गापुर गरेर करिब दस दिनपछि स्वदेश फिर्ता थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप