गोली प्रहार गरी अभियुक्त पक्राउ
कोहलपुर - चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा रु २७ हजार सजाय भए लगत्तै फरार रहेका बाँकेको बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
बैदेशिक रोजगारीबाट फर्कन लागेका न्यौपानेलाई विशेष सूचनाका आधारमा नेपालगञ्ज जमुनाह नाकाबाट पक्राउ गरी कोहलपुर ल्याउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर राँझाबाट मोटरसाइकलबाट भाग्न खोजेका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरीको गोली न्यौपानेको बायाँ खुट्टाको पिडुलामा लागेर नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण